Jan 15 2025 | २०८१, माघ २ गते

images
images

कांग्रेस केन्द्रीय समितिको अर्को बैठक भदौ ७ गते

कांग्रेस केन्द्रीय समितिको अर्को बैठक भदौ ७ गते

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २८ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २८ २०८१
  • कांग्रेस केन्द्रीय समितिको अर्को बैठक भदौ ७ गते

    काठमाडौँ । यही साउन २३ गतेदेखि प्रारम्भ भएकोे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न ११ प्रस्तावित विषयमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम जारी छ ।
      
    मङ्गलबारदेखि सङ्घीय संसद्का बैठक नियमित भएका र आगामी साता विभिन्न चाडपर्व भएकाले कांग्रेसले अर्को बैठक आगामी भदौ ७ गते बिहान ११ बजेका लागि निर्धारण गरिएको पार्टी कार्यालयले जनाएको छ ।
     
    पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामजनम चौधरी, डा गोपाल दहित, मधु आचार्य, उमेशजङ्ग रायमाझी, अर्जुनजङ्गबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रङ्गमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुँगटाले आआफ्नो धारणा राखेका थिए ।
     
    त्यसैगरी कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आ–आफ्नो धारणा राखेका थिए।
     
    बैठकले पूर्वपार्टी सभापति एवं पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा उनीप्रति उच्च सम्मानका साथ श्रद्धासुमन अर्पण गर्ने निर्णय गरेको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउन सफल नेता कोइरालाको जन्म विसं १९९६ साउन २८ गते भएको थियो ।
     
    सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा संविधानसभाबाट नेपालको संविधान जारी गर्ने शीर्षस्थ नेताका रूपमा उनले निर्वाह गरेको भूमिका अतुलनीय र अविस्मरणीय छ । 

    images
    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार