Jan 15 2025 | २०८१, माघ २ गते

images
images

भूकम्पबाट हुनसक्ने मानवीय कम गर्न भवन निर्माण ऐन कार्यान्वनमा जोड

भूकम्पबाट हुनसक्ने मानवीय कम गर्न भवन निर्माण ऐन कार्यान्वनमा जोड

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २ २०८१
  • भूकम्पबाट हुनसक्ने मानवीय कम गर्न भवन निर्माण ऐन कार्यान्वनमा जोड

    मोरङ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भूकम्पबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न भवन निर्माण ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images

    प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज विराटनगरमा २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले भवन निर्माण ऐन ल्याउने तयारी गरिरहेको बताए । 

    उक्त ऐनमा मन्त्रालयका प्राविधिकद्वारा अनुगमन गरी नक्सापासको स्वीकृति दिने प्रावधान रहेको मन्त्री भण्डारीले जानकारी दिए। उनले सरकारले सुरक्षा निकायलाई साधन सम्पन्न बनाएर विपद्को जोखिममा क्षति न्यूनीकरणका लागि कार्य गरिरहेको बताए ।

    भौतिक पूर्वधार विकास मन्त्रालयका सचिव अशोक साह, इञ्जिनीयर अरविन्द बस्नेत र कानुन मन्त्रालयका सहसचिव कमल थापाले भवन निर्माण गर्दा अपनाउनु पर्ने कार्यविधि, भूकम्प आउँदा कसरी सुरक्षति हुनेलगायत विषयमा जानकारी प्रस्तुत गरेका थिए ।

    विपद् जोखिम समन्वय विज्ञ रामकुमार दाहालले भूकम्प प्रतिरोधी बलियो संरचना निर्माण, सुदृढ पूर्वतयारी र सचेतना यसअघि आएका भूकम्पले सिकाएको पाठ भएको बताए । भूकम्पबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न भूकम्प प्रतिरोधी भवन निर्माण गर्नुपर्नेमा उनले जोड दिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट