Sep 17 2024 | २०८१, असोज १ गते

किसान सँग उदारोमा दूध लिने र नगदमा बिक्री गरी रकम अन्यत्र लगाउने प्रबृत्तिको अन्त्य हुनुपर्छ :कृषि मन्त्री अधिकारी

किसान सँग उदारोमा दूध लिने र नगदमा बिक्री गरी रकम अन्यत्र लगाउने प्रबृत्तिको अन्त्य हुनुपर्छ :कृषि मन्त्री अधिकारी

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३ २०८१
  • किसान सँग उदारोमा दूध लिने र नगदमा बिक्री गरी रकम अन्यत्र लगाउने प्रबृत्तिको अन्त्य हुनुपर्छ :कृषि मन्त्री अधिकारी

    काठमाडौं ।  कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारीले दूध किसानको  रकम भुक्तानीमा आफुले कुनै सम्झौता नगर्ने बताएका छन् ।  राष्ट्रिय दुग्ध बिकास बोर्डको समन्वयमा आइतबार भएको दुग्ध ब्यवसायी सहित  सरोकारवालाको छलफलमा मन्त्री अधिकारीले किसानले उदारोमा दूध दिने  डेरी तथा उधोगीले नगदमा बिक्री गर्ने र सो रकम अन्यत्र लगाउने प्रबृत्तिको  अन्त्य हुनुपर्ने बताए । आफुले पद समाले देखि दूध किसानको समस्या समाधान गर्नेतर्फ केन्द्रीत भएको बताउदै मन्त्री अधिकारीले दुग्ध बिकास संस्थान ९डिडिसी० मार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयासमा लागीरहेको पनि वताए ।

    images
    images

    निजी डेरी तथा उधोगीहरुलाई  पनि किसानको रकम यथाशीघ्र भुक्तानी गर्न निर्देशन दिदै मन्त्री अधिकारीले किसानको रकम भुक्तानीका लागि  आफुले मलको रकम केही समय रहने  भएकाले सोही रकम चलाउन अर्थ मन्त्रमलय  सँग कुरा गरेको तर अर्थ मन्त्रालयले रकमान्तर गर्ने अवस्था अहिले नरहेको जनाउ दिएको उल्लेख गर्दे किसानले गाई भैंसी पाल्न छोड्ने अवस्था आउन नदिन सरकार सगै निजी क्षेत्र पनि त्यतिकै जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

    दुधको गुणस्तरियतालाई पनि ध्यान दिन निजी तथा डिडिसीलाई निर्देशन दिदै मन्त्री अधिकारीले उपभोक्ताले बहिस्कार गर्ने अवस्था आउन नदिन सबैले ध्यान दिन जरुरी भएको बताए । मन्त्रालयको पहिलो कामनै किसानलाई प्रोत्साहन गर्ने रहेको भन्दै मन्त्री अधिकारीले दुग्ध क्षेत्र देखिएका समस्या समधानका लागि कस्तो कानुनको आवश्यकता छ , सबै सरोकारवाला सँग बसी आफू छलफल गर्न तयार रहेको बताए । छलफलमा दुग्ध उधोगी तथा ब्यवसायीहरुले  यस ब्यवसायमा १८ प्रतिशत योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्दै सरकारले दुग्ध बस्तुको निर्यातमा अनुदानको ब्यवस्था गर्न , लागत मूल्य घटाउने उपाय तर्फ ध्यान दिन आवश्यक रहेकोमा जोड दिए।

    छ्लफलमा मन्त्रालयका सचिब डा ।राजेन्द्र प्रसाद मिश्रले दुधको उत्पादन बढदै जाँदा यस्को व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा अध्यान गर्न बोर्डलाई निर्देशन दिए । सचिब मिश्रले चाड पर्व नजिकिएकाले मेला आदि गरेर भए पनि मौज्दात बिक्री गर्ने ब्यवस्था मिलाउन दुग्ध बिकास सस्थानलाई निर्देशन पनि दिए ।  बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र प्रसाद यादवले दुग्ध किसानको रकम भुक्तानीमा सबै पक्ष गम्भीर बन्नु पर्ने बताए। दुधको मूल्य समयोजन बैज्ञानिक रहेको भन्दै उनले किसान समस्यालाई बोर्डले गम्भीर रुपमा लिएको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार