सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५३ हजारमा कारोबार
सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५३ हजारमा कारोबार
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो अहिलेसम्मकै उच्च कारोबार हो । सुनको मूल्यले गत भदौ २ गतेको उच्च मूल्यको रेकर्ड तोडेको हो । भदौ २ गते एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार २ सय रहेको थियो । त्यस्तै बुधबार चाँदीको मूल्य प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।