Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग

त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ५ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ५ २०८१
  • त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग

    काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छन्। केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूलाई आक्रमणको प्रयास र प्राध्यापकहरूलाई धम्की आइरहेको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्री रमेश लेखकसँग सामाजिक सञ्जालएक्स मार्फत विश्वविद्यालयमा सुरक्षाको माग गरेकी हुन्।

    images
    images
    images

    उनले लेखेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि आक्रमण गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’

    केही दिनयता त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवादमा पदाधिकारीहरूलाई नै धम्की आएको भन्दै असुरक्षाका कारण उपकुलपति केशरजंग बराल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाल लामो समयदेखि बिदामा बसेका थिए ।

    गएको शुक्रवार शिक्षामन्त्रीलाई पत्राचार गर्दै विश्वविद्यालयले आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिनसमेत आग्रह गरेको थियो । मानविकी तथा सामाजिकशास्त्र सङ्कायकी डिन कुसुम शाक्यले कार्यविधि मिचेर विभागीय प्रमुखको नाम सिफारिस गरेपछि असन्तुष्ट विद्यार्थी समुहले अवरोध गरेकाले नियुक्तिको निर्णय हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार