Sep 17 2024 | २०८१, असोज १ गते

इरानमा पाकिस्तानी तीर्थयात्रीको बस पल्टिँदा २८ जनाको मृत्यु

इरानमा पाकिस्तानी तीर्थयात्रीको बस पल्टिँदा २८ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ५ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ५ २०८१
  • इरानमा पाकिस्तानी तीर्थयात्रीको बस पल्टिँदा २८ जनाको मृत्यु

    इरानमा पाकिस्तानी तीर्थयात्रीहरू बोकेको बस पल्टिँदा २८ यात्रुको मृत्यु  भएको छ ।  २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटना मध्य इरानी प्रान्त याजदमा मंगलबार अबेर भएको थियो । इरानी ट्राफिक प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान अनुसार बसको ब्रेक सिस्टममा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको हो ।

    images
    images

    'दुर्घटनामा ११ जना महिला र १७ जना पुरुषले ज्यान गुमाएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ र छ जना घाइतेले अहिले अस्पताल छोडिसकेका छन्,' याजद प्रान्तका संकट व्यवस्थापन महानिर्देशकले सरकारी टिभीलाई भने।

    इरानमा रहेको पाकिस्तानको कन्सुलर सेवालाई दुर्घटनाको जानकारी लिन याजद प्रान्तमा आमन्त्रित गरिएको छ । लाखौं शिया मुस्लिमहरू हाल इराकको कर्बला गभर्नरेटमा रहेको अरबाइन तीर्थयात्रामा भाग लिइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार