Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

इजरायलमा आगामी ४८ घन्टाका लागि सङ्कटकाल घोषणा

इजरायलमा आगामी ४८ घन्टाका लागि सङ्कटकाल घोषणा

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ९ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ९ २०८१
  • इजरायलमा आगामी ४८ घन्टाका लागि सङ्कटकाल घोषणा

    लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ ।

    images
    images
    images

    इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गरेको छ र  यसले इजरायली रक्षा बल ९आईडीएफ० को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ । 

    मन्त्रीपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ ।  इजरायलमा तनाव बढ्दै गएको छ । यस क्षेत्रमा थप जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कताका रहन भनिएको छ । 

    आज बिहान इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा रहेका लेबनानी नागरिकलाई आक्रमण हुनसक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराएका छन् । 

    एक पत्रकार सम्मेलनमा आइडिएफका प्रवक्ताले भने, “हिजबुल्लाहले दक्षिणी लेबनानबाट नजिक इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । यसको बदलामा इजरायलले हिजबुल्लाहमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ । तसर्थ हामी उक्त क्षेत्रमा रहेका लेबनानी नागरिकलाई तुरुन्तै स्थान खाली गर्न आग्रह गरेका छौँ ।” 

    “आईडीएफले इजरायली नागरिकको सुरक्षाका लागि आवश्यक सबै तयारी गरिरहेको छ र गर्नेछ,” उनले भने । 

    गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमाण्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो । इरानको सम्भावित आक्रमणविरूद्ध  इजरायलले कडा प्रतिशोधको तयारी गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार