नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औँ आसन्न निर्वाचनमा चुनाव लड्दै सुरेश कवां
नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औँ आसन्न निर्वाचनमा चुनाव लड्दै सुरेश कवां
काठमाडौँ । नेपाल इन्जिनियर्स एसोशिएसनको आसन्न निर्वाचन यहि भाद्र २८ गते सेप्टेम्बर १३ तारिख हुदैछ। यससंगै चुनावी दौरानमा प्यानल सहित टिमको घोषणा भैसकेको छ। १८ हजार भन्दा बढी सदस्य रहेको यो निर्वाचनमा इन्जिनियर राजेन्द्र प्रसाद हाडा अध्यक्ष सहितको १८ जनाको पूर्ण टिम सहित इञ्जिनियर समाज नेपाल प्यानलको घोषणा भएको छ। जसमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी निर्देशक तथा द व्हिल्स भक्तपुरका निर्देशक इन्जिनियर सुरेश कवां लगायतको बलियो दाबेदार टिम बनेको छ।
३६ बर्षे युवा उद्यमी सुरेश कवां चुनावी मैदानमा उत्रनुलाई बिशेष अर्थपूर्ण रुपमा हेरिएको छ। तपाईको उम्मेद्वारी किन भन्ने जिज्ञासामा सुरेश भन्छन, “आफ्नो लागि जिन्दगीभर अवसर र चुनौतीको बिचमा दौडदा आफ्नो मर्यादित पेशाको प्रतिनिधिमुलक संस्थाको लागि पनि केहि गर्नु पर्छ भन्ने आत्मबिश्वास जागेर आयो,अनि साथीहरुको हौसलाले अगाडि बढ्ने निर्णय गरेको छु, बाँकी त यहाँहरुकै सल्लाह, सहयोग र सुझावले अगाडि बढ्छु।”
“कुनैपनि सँस्थाको आरोह अबरोह आ-आफ्नै हुन्छन सस्थागत मर्यादा,अग्रजको सम्मान समकक्षीका भावनाको कदर गर्ने हो, समग्रमा देशनै नवनिर्माण र पुन निर्माणको चरणमा छ हामी जस्ता पेशाकर्मीको भूमिका झन् महत्वपूर्ण हुनेनै भयो। हाम्रो पेशागत सँस्था झन् बलियो र मर्यादित भयो भने समग्र देश र जनताको हितमा हुन्छ भन्ने लागेर यो निर्णय लिएको हु” सुरेश भन्छन।
१४ बर्ष अगाडि काठमाडौँ विश्वबिद्यालय स्कुल अफ इञ्जिनियरिङ्गबाट मेकानिकल इञ्जिनियरिङ्गमा स्नातक गरेका सुरेशले पुनः ६ बर्ष पछि काठमाडौँ विश्वबिद्यालय स्कुल अफ मेनेजमेन्टबाट पनि व्यवस्थापनमा स्नातक गरेपछि सोहि विश्वबिद्यालयबाट व्यवस्थापनमै स्नातकोत्तर गरे। सिद्धार्थ बनस्थली स्कुल हुँदै दिपेन्द्र प्रहरी स्कुल साँगाबाट प्लस टु दुबैमा प्रथम श्रेणीमा पास आउट भएका सुरेश आफैमा अब्बल बिद्यार्थी हुन्।
पेशागत दौरानमा प्रवेश गरेपछि उनको क्षमताले झन् अवसर पायो,आधा दर्जन बढी परियोजनामा उनले राम्रो कार्यसम्पादन गर्न सके यसपछि उनको प्रोफाइल झन बढ्यो। परियोजनाको जिम्मेवारी निभाउदै गर्दा हरेक सम्भाबनालाई सुक्ष्म नजरले केलाउने,अध्ययन गर्ने, कार्ययोजना बनाउने र सफल बनाउन कार्यान्वयनमा कन्फ़िडेन्सका साथ् होमिने बानीले सुरेशलाई यहाँसम्म ल्याईपुर्याएको हो। उद्यमीको पहिलो पाइलानै यस्तो बन्यो कि उनलाई पछाडि फर्कनै परेन।
बहुआयामिक छबि बनाएका सुरेश कवां आफैमा ख्वप इञ्जिनियरिङ्ग कलेजका लेक्चरर पनि हुन्। राजनीतिक हिसाबले भन्नुपर्दा गएको संघिय निर्वाचनमा मोरंगबाट नेपाल मजदुर किसान पार्टीबाट चुनाब लडेका व्यक्ति हुन्। भक्तपुर नगरपालिका स्थानिय स्काउट कार्यसमितिका सदस्य, भक्तपुर युवा टिम, भक्तपुर एनिमल वेलफेयर सोसाइटी,ब्लड डोनर्स एशोसिएसनमा सदस्य लगायत दर्जन बढी सामाजिक सँस्थामा आवद्द छन्।
बिषेशगरी पेशाको अलवा कला,सँस्कृती र इतिहाँसमा समेत गहिरो रुचि भएका उनि कुशल रेडियो पत्रकार पनि हुन् भन्दा अनौठो लाग्ला। उनको बोलीको मिठासले कम्पनी, राजनीति, बिद्यार्थी, ग्राहक तथा समाजका जो कोहि मोहित हुन्छन। कार्यकुशलताको हिसाबले हाइड्रोपावर, सोलारपावर,तेल उत्पादन तथा प्रशोधन,निर्माण सामाग्री उत्पादन जस्ता बिबिध क्षेत्रको अनुभब भएका सुरेश ग्राहकको मनोविज्ञान बुझ्न पनि खप्पिस छन्।
तपाईको सफलताको बारेमा केहि बताइदिनुस भन्ने हाम्रो जिज्ञासामा उनि भन्छन, “काम र पेशा प्रतिको निष्ठानै पहिलो हो,तपाई आफ्नो ग्राहक, बिद्यार्थी, घर, समाज र परिबेश प्रति इमान्दार बन्नु भएन भने कसैले एकपटक पत्याए पनि अर्को पटक बिस्वास गर्दैनन्, बस यत्ति हो बाँकि त आफ्नो लगन, बिबेक र मनोविज्ञान हो जे सोचिन्छ त्यहि बनिन्छ। कम्पनीको सवालमा हो भने टिम वर्कमा बिस्वास गर्छु, म एक्लै केहि होइन सबै साथीहरुको भाबना बुझ्नु पर्ने हुन्छ। उत्तिकै व्यवस्थापनको बिस्वास पनि।”
अनि हाम्रो अर्को प्रश्न तपाइले यो निर्वाचनमा जित्ने आधार के छ रु म भन्दा पनि मेरो टिम भनौ न, अध्यक्षका प्रत्यासी उम्मेद्वार सहितको प्यानल भन्नु न अनुभवका हिसाबले, लोकतान्त्रिक मूल्य मान्यताको हिसाबले हाम्रो टिम समग्र देशका इन्जिनियरहरुको भावना बुझ्न सक्षम छ जस्तो लाग्छ अर्को कुरा हाम्रो टिममा धेरै राजनीति हाबी छैन,धेरै इन्नोभेटिभ इन्जिनियरहरुको समूह छ। सँस्थाको अन्तरास्ट्रिय पहुँच, सरकारसंग समन्वय, नीजि क्षेत्रसंग सहकार्य गर्न सक्षम समूह छ हाम्रो। बाँकि त फेरी पनि दोहोर्याउन चाहन्छु साथीहरु सदस्य मतदाताहरुको बिश्वासनै हो। उहाँहरुको बिश्वासको सम्मान गर्नु हाम्रो दायित्व रहन्छ।
तपाई सम्प्रदाय, सस्कृति र इतिहासमा रुचि राख्ने व्यक्ति पेशाले लेक्चरर र इन्जिनियर नेपालमा अझैपनि कतिपय साँस्कृतिक सम्पदाहरु जिर्ण छन्, कतिपय पुनः निर्माण गर्नुपर्ने छन्, नयाँ पनि बनाउनु पर्ने छन्, साथ साथै हाइराइज बिल्डिंग टनेल, सडक, विमानस्थल, नीजि आवास, होटल, मल बनाउनु पर्नेछ के सुझाब दिनुहुन्छ ?
हेर्नुस सँस्कृति, सम्पदा र इतिहास बिनाको नेपाल म कल्पना गर्न पनि सक्तिन यी छन् हामी छौँ, यी छैनन् हाम्रो अस्तित्व छैन, कुरा हो २०७२ पछिकै उदाहरण लिउँ पुन निर्माण कति भयो कति बाँकि छन्,कम्तिमा मौलिकताको हिसाबले भक्तपुर,पाटन र काठमाडौँलाईनै हेरौँ केहि हुदैछ, बलियो हुनुपर्यो तर मौलिकता र सहि स्वरुपमा पुनः या नव निर्माण हुनुपर्यो। व्यक्तिको नीजि पूर्वाधारको सवालमा स्थानीय तहले अझै सोच्नुपर्यो मापदण्ड बनाइदिनु पर्यो। अब तपाईले भन्नु भए जस्तो विमानस्थल, टनेल,सडक त अन्तरास्ट्रिय मान्यता छ । इञ्जिनियरिङ्ग अनुसार बनाउने हो। देशका बिभिन्न निकाय छन् । अनुमति दिने, नियमन गर्ने निर्माण सम्पन्न दिने सहकार्य ठूलो कुरा हो दृढ इच्छाशक्ति हुनुपर्यो नेपाल बन्न समय लाग्दैन ढुक्क हुनुहोस्।
सन् २००९ मा रिसर्चबाट शुरु भएको सुरेशको यात्रा २०२४ सम्म आइपुग्दा दर्जन बढी सँस्थामा विभिन्न पदमा रहेर काम गरेका अनुभब छ, हाम्रो जीवनमा पनि यी अनुभबले अर्थ राख्छ। गोर्खा इको प्यानलमा २०१५ मा सामान्य प्रोडक्ट मेनेजरबाट शुरु भएको यात्रा २०२४ मा विभिन्न पद हुदै प्रमुख कार्यकारी अधिकृत सम्म आइपुगे। लगन, इमान्दारिता, र उच्च मनोबलले काम गर्यो, टिम मजबुत बन्यो परिणाम राम्रो निस्क्यो। आज हामी नेपालकै नम्बर १ प्रीफ्याब कम्पनी बन्न सफल भयौँ उनि थप्छन।धेरै रोचक प्रसंगहरु छन् सुरेशका बिस्तारै आउछन् तर अहिले भाद्र २८ गतेको निर्वाचनको पूर्व सन्ध्या छ उनको टिमले के गर्ला प्रतीक्षाको बिषय छ।
'यो लेख आर सी रेग्मीसंग गरिएको कुराकानीमा आधारित छ ।'