Sep 17 2024 | २०८१, असोज १ गते

नक्कली नोट र लागूऔषधसहित गौशालाबाट ३ जना पक्राउ

नक्कली नोट र लागूऔषधसहित गौशालाबाट ३ जना पक्राउ

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १० २०८१
  • नक्कली नोट र लागूऔषधसहित गौशालाबाट ३ जना पक्राउ

    काठमाडौँ ।  प्रहरीले नक्कली नोट र लागूऔषधसहित काठमाण्डौको गौशालाबाट दुई जनालाई पक्राउ गरेको छ ।

    images
    images

    काठमाडौँ जिल्ला प्रहरी परिसरले झापा गाउँपालिका–५ घर भएका ३० वर्षीय एराजुल हक, इलामको फाकफोकथुम गाउँपालिका–३ घर भएका ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सूर्योदय नगरपालिका–३ घर भएका ४७ वर्षीय बोधचन्द्र नामचुङलाई पक्राउ गरेको हो । उनीहरू तीनै जना काठमाण्डौ महानगरपालिका–९ मा बस्दै आएका प्रहरीले जनाएको छ ।

    उनीहरूको साथबाट एक हजार दरको २५ थान र पाँच सय दरको तीन सय ४१ थान गरी एक लाख ९५ हजार पाँच सय रुपैयाँ नक्कली नोट बरामद भएको छ । यसैगरी सात ग्राम ८१ मिलिग्राम खैरो हिरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार