Sep 16 2024 | २०८१, भदौ ३१ गते

नेपाल– म्यानमार सिधा हवाई उडानमा सकारात्मक

नेपाल– म्यानमार सिधा हवाई उडानमा सकारात्मक

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ११ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ११ २०८१
  • नेपाल– म्यानमार सिधा हवाई उडानमा सकारात्मक

    काठमाडौँ ।  नेपाल म्यानमार उद्योग वाणिज्य संघले नेपालका लागि गणतन्त्र म्यानमारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै स्वागत कार्यक्रम आयोजना गरेको छ ।

    images
    images

    सोमबार काठमाडौंस्थित म्यानमारको राजदूतावासमा आयोजित भेटघाटमा संघका अध्यक्ष शिवकुमार अग्रवालले नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गको कार्यकालमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

    अध्यक्ष अग्रवालले संघले विगत १३ वर्षदेखि द्विपक्षीय व्यापारका क्षेत्रमा पु-याउँदै आएको योगदानको चर्चाा गर्दै राजदूत म्यो मायन्ट मौङ्गको कार्यकालमा नेपाल र म्यानमारबीच सिधा हवाई उडानको सुरुवात हुनसके यसमा कोशेढुंगा सावित हुने बताए ।

    म्यानमारमा ८० प्रतिशत बौद्ध धर्मालम्बी रहेको स्मरण गराउँदै उनले बुद्ध जन्मस्थल लुम्बिनीमा म्यानमारबाट सिधा हवाई उडान व्यावसायिक रुपमा सम्भव रहेको धारणा राखे । म्यानमारमा ठूलो संख्यामा रहेका नेपालीभाषीलाई पनि यसले सेवा प्रदान गर्नसक्ने उनको भनाइ छ ।

    नेपाल र म्यानमारबीचको व्यापामार समस्याका रुपमा रहेको भुक्तानीको समस्यालाई नयाँ राजदूतको कार्यकालमा सहजीकरण हुने उनको विश्वास छ । नेपालले निर्यात गर्न सक्ने क्षेत्रमध्ये सफ्टवेयर, हस्तकला, उच्च मूल्यका कृषि उत्पादन, चिया, कफीलगायतको प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।

    आउँदो वैशाखमा नेपाली प्रतिनिधिमण्डलले म्यानमारको भ्रमण गर्ने भएकाले यसमा पनि सहजीकरण गरिदिन उनले आग्रह गरे ।

    सो भेटका अवसरमा नेपालका लागि म्यानमारका राजदूत म्यो मायन्ट मौङ्गले नेपालप्रति म्यानमारको सरकार र जनताको सद्भाव रहेको उल्लेख गर्दै यसलाई थप प्रगाढ बनाउने बताए ।

    उनले द्विपक्षीय व्यापारमा देखिएका समस्या समाधान गर्ने तथा थप व्यवसाय विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    नेपालमा म्यानमारका पर्यटकको संख्या बढाउन सम्भावना रहेको उल्लेख गर्दै सिधा हवाई सेवालाई दिगो रुपमा अघि बढाउने आफ्नो योजना रहेको उनको भनाइ छ । यसका निमित्त पर्यटनसम्बन्धी प्याकेज कार्यक्रमको आवश्यकता रहेको उनले बताए ।

    पर्यटन प्रवर्द्धनका लागि दुवै मुलुकले डकुमेन्ट्री प्रदर्शन गरी एक आपसमा भ्रमण बढााउनुपर्ने उनको भनाइ छ । नेपाल म्यानमार चेम्बर अफ कमर्ससँग सहकार्य गरी म्यानमार चेम्बर अफ कमर्ससँग भाइचाराको सम्बन्ध विस्तार गरिने उनले प्रतिवद्धता जनाए ।

    राजदूतसँगको भेटमा संघका अध्यक्ष अग्रवालसहित उपाध्यक्ष रतनलाल केडिया, कोषाध्यक्ष लक्ष्मीप्रसाद सुवेदी, कार्यसमिति सदस्य मोहनवीर थापा, ऋषिराज मोर, निर्मल पौडेल र राज लामा लगायत सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार