Sep 17 2024 | २०८१, असोज १ गते

नेपालगञ्जबाट सुनचाँदीसहित चारजना नियन्त्रणमा

नेपालगञ्जबाट सुनचाँदीसहित चारजना नियन्त्रणमा

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ११ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ११ २०८१
  • नेपालगञ्जबाट सुनचाँदीसहित चारजना नियन्त्रणमा

    नेपालगञ्ज । नेपालगञ्जमा रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । 

    images
    images

    उनका अनुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । 

    बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ ।  

    ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र  बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार