Sep 17 2024 | २०८१, असोज १ गते

सुनको मूल्य तोलामा आठ सयले वृद्धि

सुनको मूल्य तोलामा आठ सयले वृद्धि

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १२ २०८१
  • सुनको मूल्य तोलामा आठ सयले वृद्धि

    काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा रु आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ ।  मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार एक सय मूल्य निर्धारण गरिएको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला  एक हजार आठ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५५ निर्धारण गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार