Sep 19 2024 | २०८१, असोज ३ गते

नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु : सातजना बिरामी

नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु : सातजना बिरामी

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १७ २०८१
  • नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु : सातजना बिरामी

    बाँके । नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।  

    images
    images

    नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए । 

    भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।

    उनले भने,“ आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।”  झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ  गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार