Sep 17 2024 | २०८१, असोज १ गते

इजरायली सरकारविरुद्ध जनता आक्रोशित, राष्ट्रव्यापी एक दिने हड्तालको घोषणा

इजरायली सरकारविरुद्ध जनता आक्रोशित, राष्ट्रव्यापी एक दिने हड्तालको घोषणा

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १७ २०८१
  • इजरायली सरकारविरुद्ध जनता आक्रोशित, राष्ट्रव्यापी एक दिने हड्तालको घोषणा

    काठमाडौँ । सरकारले हमासको नियन्त्रणमा रहेका बन्धकलाई स्वतन्त्र गर्न असफल भएको भन्दै इजरायलमा जनताले विरोध प्रदर्शनलाई जारी राखेका छन् ।

    images
    images

    शनिबार ६ बन्धकको शव इजरायली सेनाले भेटाएसँगै आक्रोशमा आएका जनताका कारण राष्ट्रियरुपमा नै तनाव बढ्दै गएको छ । इजरायलको सबैभन्दा ठूलो मजदुर संघ हिस्ताद्रुतले एक दिने हड्ताल घोषणा गरेको छ ।

    राष्ट्रले सहमतिभन्दा पनि शवको ब्यागहरु प्राप्त गरिरहेको संघका नेता आर्नन बार–डेभिढले बताए । सरकारले यस हड्तालप्रति आक्रोशित प्रतिक्रिया दिएको छ । दक्षिणपन्थी अर्थमन्त्री बेजलेल स्मोट्रिचले संघ आफैँ हमासको इसारामा चलिरहेको आरोप लगाए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार