Sep 17 2024 | २०८१, असोज १ गते

कोलकाता प्रकरण : शव दिने बेलामा प्रहरीले पैसा अफर गरेको परिवारको आरोप

कोलकाता प्रकरण : शव दिने बेलामा प्रहरीले पैसा अफर गरेको परिवारको आरोप

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २० २०८१
  • कोलकाता प्रकरण : शव दिने बेलामा प्रहरीले पैसा अफर गरेको परिवारको आरोप

    कोलकाताको आरजी कार मेडिकल कलेज एण्ड अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको विरोधमा आज २८औं दिन पनि प्रदर्शन जारी छ।

    images
    images

    बुधबार अबेर राति भएको आन्दोलनमा डाक्टरका अभिभावक पनि सामेल भए। पीडितका बुवाले भने, ‘प्रहरीले यो घटनालाई सुरुदेखि नै दबाउन खोज्दै आएको छ। शव पोस्टमार्टमका लागि नलागेसम्म प्रहरी चौकीमा पर्खनुपरेको थियो।’ छोरीको शव बुझाउँदा एकजना वरिष्ठ प्रहरी अधिकारीले आफूहरूलाई पैसाकाको प्रस्ताव राखेको उनको आरोप छ। पीडितका आमा बुवाले कोलकाता प्रहरीमाथि दुई आरोप लगाएका छन्।

    उनले अगाडि भने, ‘घरमा आमाबुवाको अगाडि छोरीको शव सुतिरहेको बेला प्रहरीले हामीलाई पैसाको प्रस्ताव गरेको थियो। के यही हो प्रहरीको मानवता ? प्रहरीहरु आफूहरूले सबै जिम्मेवारी पूरा गरेको भने। यसलाई जिम्मेवारी पूरा गर्नु भनिन्छ?’

    साथै उनले छोरीको शवमा आगो नलगाउने बेलासम्म तीन देखि चार सय प्रहरी तैनाथ भए पनि आगो लगाएपछि एक जना पनि प्रहरी नदेखिएकोमा समेत प्रश्न उठाए।

    ‘अन्तिम संस्कार नहुँदासम्म तीन सय–चार सय प्रहरीले घेरा हालेका थिए तर अन्तिम संस्कार गरिसकेपछि त्यहाँ एक जना पनि प्रहरी देखिएनन्,’ मृतकका बुवाले भने, ‘परिवारले के गर्छन्, घर कसरी जान्छन भन्नेबारे समेत प्रहरीले सामान्य सोधपुछ समेत गरेन।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार