Sep 19 2024 | २०८१, असोज ३ गते

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २४ २०८१
  • खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

    रुकुम पश्चिम । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६१ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो । 

    images
    images

    साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम  पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए । 

    घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार