Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

बागमती नदी छेउछाउ २० मिटर जग्गा छोड्ने निर्णयमा सरकारले पुनरावलोकन गर्नुपर्छ : सांसद राणा

बागमती नदी छेउछाउ २० मिटर जग्गा छोड्ने निर्णयमा सरकारले पुनरावलोकन गर्नुपर्छ : सांसद राणा

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २४ २०८१
  • बागमती नदी छेउछाउ २० मिटर जग्गा छोड्ने निर्णयमा सरकारले पुनरावलोकन गर्नुपर्छ : सांसद राणा

    काठमाडौँ । सांसद धवलशमशेर राणाले सरकारले बागमती  नदी र त्यसका शाखा छेउछाउ २०/२० मिटर जग्गा छोड्नुपर्ने मापदण्ड लागू गर्दा काठमाडौँका अधिकांश जनता सुकुम्बासीमा परिणत हुने अवस्था आउनसक्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा आकस्मिक समयमाबोल्दै सांसद राणाले सरकारको उक्त निर्णयलाई सर्वोच्च अदालतमा पुगेर पुनरावलोकन गर्नसमेत आग्रह गरे । 

    images
    images
    images

    “सरकारको यो निर्णयले काठमाडौँको ठूलो सङ्ख्या सुकुम्वासी हुन्छ”, उनले भने, “ जनताको धनजनको सुरक्षा गर्ने दायित्व सरकारको हो । सरकारले सर्वोच्च अदालत गएर निर्णयमाथि पुनरावलोकन गर्नुपर्छ ।”

    आकस्मिक समयमा बोल्दै सांसद नारायण खड्काले मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जस्ता प्रकोपले जनताले पाएको सास्तीबारे सरकारको ध्यानाकर्षण गराए । 

    सांसद महेश बर्तौलाले यही भदौ १३ गते पाँचथर जिल्लाको फाल्लुङ गाउँपालिका–५ डाँडागाउँ टोलमा बेवारिसे बम विस्फोट भएको घटनाबारे गृहमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग राखे । 

    सांसद सुमना श्रेष्ठले ११ दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा नभएको जानकारी गराउँदै विद्यार्थीको जीवन र शिक्षाप्रति सरकारको ध्यानाकर्षण गराए । 

    सांसद प्रभु साहले आम जनता पार्टीका केन्द्रिय सदस्य प्रमोद राणाको रिहाइको माग गरे । 

    सांसद सञ्जयकुमार गौतमले बर्दिया राष्ट्रिय निकुञ्जका बासिन्दा जङ्गली जनावरको आक्रमणबाट पीडित भएको र उनीहरुलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरे ।

    सांसद सूर्यप्रसाद ढकालले नरैनापुर गाउँपालिकामा स्थानीयले झाडापखालाबाट ज्यान गुमाउनुपरेको भन्दै पीडितलाई राहत उपलब्ध गराउन र छिटोभन्दा छिटो स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग माग गरे । 

    सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्ग बारम्बार अवरुद्ध हुँदा परेको मर्काबारे सरकारको ध्यानाकर्षण गरारे । 

    सांसद ध्रुवबहादुर प्रधान, डा अमरेशकुमार सिंह, सरस्वती बजिमय, ज्ञानु बस्नेत सुवेदी, दीपक गिरी, मैना कार्कीलगायत सांसदले पनि विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट