Sep 19 2024 | २०८१, असोज ३ गते

विश्वकप लिग २ को त्रिदेशीय शृंखलाका लागि नेपाली टोली घोषणा,पहिलो खेल क्यानडासँग

विश्वकप लिग २ को त्रिदेशीय शृंखलाका लागि नेपाली टोली घोषणा,पहिलो खेल क्यानडासँग

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २५ २०८१
  • विश्वकप लिग २ को त्रिदेशीय शृंखलाका लागि नेपाली टोली घोषणा,पहिलो खेल क्यानडासँग

    काठमाडौं । क्यानडामा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। 

    images
    images

    रोहितकुमार पौडेललको कप्तानीमा घोषित टोलीमा आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्। ट्राभलिङ रिजर्भ खेलाडीमा देव खनाललाई राखिएको छ।

    नेपालले क्यानडामा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल क्यानडासँग खेल्न लागेको हो। नेपालले भदौ ३१ गते क्यानडा र असोज २ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानसँग खेल्नेछ। 

    आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा घरेलु टोली क्यानडा, नेपाल र ओमानले प्रतिस्पर्धा गर्ने छन्। त्रिकोणात्मक शृंखला भदौ ३१ देखि असोज १० सम्म सञ्चालन हुनेछ।  आईसीसी विश्वकप लिग–२ मा नेपालले दोस्रो शृंखला खेल्न लागेको हो। यसअघि घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गरेको थियो। नामिबियासँगको दुवै खेल गुमाएको नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गर्दै दुई अंक जोडेको थियो। लिगमा नेपाल सातौं स्थानमा छ। अहिलेसम्म चार खेल खेलेको नेपालले एक जित र तीन हारको नतिजासहित दुई अंक जोडेको छ।

    आईसीसी विश्वकप लिग–२ को शीर्ष स्थानमा नेदरल्यान्ड्स छ। नेदरल्यान्ड्सले आठ खेलमा १२ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डले सात खेलमा नौ, तेस्रो स्थानको क्यानडाले आठ खेलमा आठ, चौथो स्थानको नामिबियाले पनि आठ खेलमा आठ, पाँचौं स्थानको अमेरिकाले चार खेलमा चार, छैटों स्थानको ओमानले तीन खेलमा तीन र अन्तिम स्थानको संयुक्त अरब इमिरेट्स (यूएई) ले तीन खेलमा अंक जोड्न सकेको छैन। 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार