Sep 19 2024 | २०८१, असोज ३ गते

भारतमा राष्ट्रपति निर्वाचनको मतदान शुरु

भारतमा राष्ट्रपति निर्वाचनको मतदान शुरु

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २ २०७९
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २ २०७९
  • भारतमा राष्ट्रपति निर्वाचनको मतदान शुरु

    काठमाडौं । भारतको संसद्मा सोमबार नयाँ राष्ट्रपति चयनका  लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा राष्ट्रपति पदका लागि मनोनयन गरेको छ ।

    images
    images

    निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति हुनेछिन् । वर्तमान राष्ट्रपति रामनाथ कोविन्द दलित समुदायबाट राष्ट्रपति भएका हुन् । 

    ६४ वर्षीया मुर्मु राजनीतिमा प्रवेश गर्नुअघि पूर्वी राज्यको उडिशास्थित एक विद्यालयमा  शिक्षक थिइन् । उनले राज्य सरकारमा मन्त्री पदहरू सम्हालिसकेकी छिन् र छिमेकी राज्य झारखण्डको गभर्नर भइन् ।

    मुर्मुलेआफ्नो जीवन समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तिकरण गर्न समर्पित गरेकि बताएकि छन् ।  भारतीय प्रधानमन्त्री मोदीले उनको उम्मेदवारी घोषणा गरेपछि ट्वीट गरेका थिए ।

    राष्ट्रपति पदका लागि मुर्मुका मुख्य प्रतिद्वन्द्वी अनुभवी राजनीतिज्ञ यशवंत सिन्हा पूर्व भाजपा सदस्य र पूर्व वित्त तथा विदेश मन्त्री हुन् । उनलाई कांग्रेसलगायत विपक्षी दलहरूले समर्थन गरेका छन् । उनी वर्तमान मोदी सरकारको आलोचक पनि हुन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार