Feb 03 2025 | २०८१, माघ २१ गते

images
images

सुनकाे मूल्यमा फेरि अर्काे रेकर्ड

सुनकाे मूल्यमा फेरि अर्काे रेकर्ड

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३० २०८१
  • सुनकाे मूल्यमा फेरि अर्काे रेकर्ड

    काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    यस्तै चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट