Sep 19 2024 | २०८१, असोज ३ गते

बैंकहरुद्वारा नयाँ ब्याजदर घोषणा, कुन बैंकको कति ?

बैंकहरुद्वारा नयाँ ब्याजदर घोषणा, कुन बैंकको कति ?

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३१ २०८१
  • बैंकहरुद्वारा नयाँ ब्याजदर घोषणा, कुन बैंकको कति ?

    काठमाडौँ । असोजका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। बैंकहरुले एक सूचना जारी गर्दै असोजका लागि तय गरिएको ब्याजदर सार्वजनिक गरेका हुन्।

    images
    images

    हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका छन् भने २ वाणिज्य बैंकहरुले घटाएका छन्। बैंकहरुले असोज महिनाका लागि प्रकाशित गरेको नयाँ ब्याजदर सूचना अनुसार यस्तो देखिएको हो।

    असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभरेष्टले ६ प्रतिशत, कुमारीले ६.०१ प्रतिशत, एनआईसी एसियाले ७.१८ प्रतिशत, सानिमाले ५.९० प्रतिशत र सिटिजन्स बैंकले ६.१५ प्रतिशत दिने भएका छन्।

    भदौमा एभरेष्टले ६.१० प्रतिशत, कुमारीले ६.७१ प्रतिशत, एनआईसी एसियाले ७.४१ प्रतिशत, सानिमाले ६.२० प्रतिशत र सिटिजन्स बैंकले ६.५० प्रतिशत दिएका थिए।

    यसैगरी नबिल, एनएमबि, प्राइम, नेपाल एसबीआई र राष्ट्रिय वाणिज्य बैंकले असोजका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। असोजमा नबिलले ६.७५ प्रतिशत, एनएमबिले ६.५० प्रतिशत, प्राइमले ६.२५ प्रतिशत, नेपाल एसबीआईले ६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

    भदौमा नबिलले ७ प्रतिशत, एनएमबिले ७.४१ प्रतिशत, प्राइमले ६.७५ प्रतिशत, नेपाल एसबीआईले ६.२५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६.०७ प्रतिशत ब्याजदर तय गरेका थिए।

    असोजका लागि नेपाल बैंक र कृषि विकास बैंकले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर क्रमशः ५.९५ प्रतिशत र ६.०७ प्रतिशत दिने भएका छन्। भदौमा क्रमशः ५.२५ प्रतिशत र ६.०५ प्रतिशत थियो।

    असोजमा ब्याजदर स्थिर राख्नेमा प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा र सिद्धार्थ बैंक रहेका छन्। यी बैंकले भदौकै ब्याजदरलाई असोजमा निरन्तरता दिएका छन्।

    भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा प्रभुले ६.१० प्रतिशत, ग्लोबल आइएमईले अधिकतम ६.२५ प्रतिशत, माछापुच्छ्रेले ६.५० प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ६.५० प्रतिशत र सिद्धार्थ बैंकले ६.५० प्रतिशत ब्याजदर दिएका थिए।

    त्यस्तै लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्डले पनि ब्याजदर स्थित राखेका छन्। यी बैंकले असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम क्रमशः ६.५० प्रतिशत र ७ प्रतिशत दिने भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार