images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता

उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३१ २०८१
  • उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता

    काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंकसँगको सहकार्यमा सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो । 

    images
    images
    images

    भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौँ उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको उल्लेख गर्दै सहकार्यका लागि आग्रह गरेका थिए । “विश्व बैंकले काठमाडौँ उपत्यकामा पनि यसपटक कुनै आयोजनामा काम गरोस् । उपत्यकामा काम गर्दा त्यसको सन्देश देशभर जान्छ,” उपप्रधानमन्त्री सिंहले भने ।

    काठमाडौँ उपत्यकाका नदीनाला व्यवस्थित गर्ने, सांस्कृतिक सहरका रुपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्य गर्न उपप्रधानमन्त्री सिंहले जोड दिए । सो अवसरमा विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि अपरेसन म्यानेजर प्रिति अरोराले नयाँ योजनामा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको  बताइन्  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार