Sep 20 2024 | २०८१, असोज ४ गते

दुई महिनामा १२ अर्ब ९८ करोडको विदेशी लगानी प्रतिबद्धता

दुई महिनामा १२ अर्ब ९८ करोडको विदेशी लगानी प्रतिबद्धता

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ३ २०८१
  • दुई महिनामा १२ अर्ब ९८ करोडको विदेशी लगानी प्रतिबद्धता

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम दुई महिनामा १२ अर्ब १२ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । यससँगै अहिलेसम्म यस्तो प्रतिबद्धता रकम ५ खर्ब २४ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

    images
    images

    उद्योग विभागका अनुसार भदौसम्म कुल ९७ वटा उद्योगमा यस्तो प्रतिबद्धता प्राप्त भएको छ । जसमा १२ अर्ब रुपैयाँभन्दा धेरै प्रतिबद्धता आएको हो । भदौ महिनामा मात्र ३८ उद्योग दर्ता भएको र यस महिनामा ३ अर्ब ५६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

    अटोमेटिक रुटबाट भने यस वर्ष दुई महिनामा ८६ करोड २५ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको हो । अहिलेसम्म ८ अर्ब ९७ करोड रुपैयाँ बराबरको एफडीआई अटोमेटिक रुटबाट आएको छ । सरकारले लगानी सम्मेलनका दौरान यो प्रविधिबाट लगानी स्वीकृति गराउन थालेको थियो ।

    यसबीचमा आएको अधिकांश एफडीआई साना उद्योगमा केन्द्रित देखिन्छ । दुई महिनामा ठूलो लगानीमा २ वटा उद्योग मात्र दर्ता भएका छन् । मझौला उद्योग भित्रिएका छैनन् । सानो क्षमताका ९५ वटा उद्योग दर्ता भएको तथ्यांकमा देखिएको छ ।

    क्षेत्रगत रुपमा हेर्दा सबैभन्दा धेरै आकर्षण पर्यटनमा देखिन्छ । पर्यटनमा कुल ७१ वटा उद्योग दर्ता भएका छन् । यो ७३ प्रतिशत हिस्सा हो । दोस्रो स्थानमा सेवा क्षेत्र रहेको छ । जसमा १५ उद्योग दर्ता भएका छन् । यो १६ प्रतिशत हिस्सा हो । उत्पादनमा ६ र सूचना प्रविधिमा ३ वटा उद्योग दर्ता भएको देखिन्छ । कृषिमा २ वटा उद्योग दर्ता भएका छन् । भदौसम्म नेपालबाट कुल २५ करोड रोयल्टी विदेशी लगानीकर्ताले विदेश लगेको देखिन्छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट