Sep 20 2024 | २०८१, असोज ४ गते

पार्टीपङ्क्तिमा निराशा पैदा नगरेर आशाको सन्देश दिनुपर्छ : माधव नेपाल

पार्टीपङ्क्तिमा निराशा पैदा नगरेर आशाको सन्देश दिनुपर्छ : माधव नेपाल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ४ २०८१
  • पार्टीपङ्क्तिमा निराशा पैदा नगरेर आशाको सन्देश दिनुपर्छ : माधव नेपाल

    काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई आशाको सन्देश दिनुपर्ने बताएका छन् ।

    images
    images

    शुक्रबार नेकपा एस बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आशा पैदा गर्ने काम आशावादीहरुको भएकाले आशाको सन्देश दिनुपर्ने बताएका हुन् ।

    उनले भने, ‘निराश हुनेहरुको काम निराशा पैदा गर्ने मात्रै हो । आशा पैदा गर्ने काम आशावादीहरुको हो । हामीले आशाको सन्देश दिने हो । आजसम्मको अनुभवले बताएको छ निराश मान्छेबाट भुटीभाट केही काम हुँदैन । आशावादी मान्छेले नै समाज परिवर्तन गर्छ । जनताको विश्वास जित्छ, संगठन बनाउँछ । संगठनलाई देशव्यापी रुपमा बलियो बनाएर लान्छ ।’

    साथै उनले कतिपय पार्टीकानेता–कार्यकर्ताले पार्टी र पार्टीप्रति विश्वास नगर्ने जनतामा निराशा पैदा गर्ने काम गरिरहेको उल्लेख गरे ।

    उनले भने, ‘आफू चुनावमा नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत हो । धेरैपटक छुट दिइयो, अब छुट दिन सकिँदैन । पार्टी–पङ्क्तिमा निराशा पैदा नगर्नुस् । पार्टीप्रतिका जनताका विश्वासलाई कमजोर बनाउने काम नगरौं । जे पायो त्यही नलेख्नुस् । आफ्नो ठाउँमा बस्नुस् । धेरै रिस उठ्यो भने घरमा जानुस्, सिरक ओढेर सुत्नुस् । एक हप्ता कोहीसँग नबोली बस्नुस् । तर, पार्टीका प्रति त्यसरी निराशा पैदा नगर्नुस् ।’

    उनले चुनाव नजितेपछि पार्टीविरुद्ध असन्तोष पोख्दै हिँड्ने निराशा पैदा गर्ने सबैलाई कारवाही हुने समेत बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार