images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

पोखरामा सहकारीपीडित र रवि समर्थक आमने–सामने, दुई पक्ष नाराबाजीमा 

पोखरामा सहकारीपीडित र रवि समर्थक आमने–सामने, दुई पक्ष नाराबाजीमा 

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ७ २०८१
  • पोखरामा सहकारीपीडित र रवि समर्थक आमने–सामने, दुई पक्ष नाराबाजीमा 

    काठमाडौँ । सोमबार दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा फरक दुई दृश्य देखिए । यी दुवै दृश्यमा जोडिएका पात्र भने एकजना अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुन् ।

    images
    images
    images

    पोखरास्थित जिल्ला प्रशासन कार्यालय परिसरबाहिर रास्वपा सभापति लामिछानेको पक्ष र विपक्षमा नाराबाजी जारी छ ।

    सहिद चोकको चौतारीमा भेला भएको एउटा समूहले पूर्वगृहमन्त्री लामिछानेको पक्षमा नाराबाजी गरेको छ । पोस्टर र पम्प्लेटसहित जम्मा भएको उक्त समूहले रविलाई फसाउन लागिएको भन्दै सरकारको विरोधमा प्रदर्शन गरेको हो । पीडितले नारा लगाइरहेका छन् भने तीन महिना भन्दा बढी समय लगाएर संसदीय समितिले सहकारी प्रकरणको छानबिन गरेर तयार पारेको प्रतिवेदनमा दोषी देखिएका विलाई उल्टै फसाउन खोजिएको भन्दै शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । 

    कार्यकर्ताहरुले  ‘फासिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् । रविलाई सरकारले फसाउने षड्यन्त्र गरेको भन्दै त्यसको प्रतिवाद गर्ने उनीहरुले उद्घोषसमेत गरेका छन् ।

    गोरखा मिडिया प्रालिका पूर्व सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ । उनलाई आइतबार काठमाडौँमा पक्राउ गरी पोखरा ल्याइएको हो । 

    रविकै संलग्नतामा रकम अपचलन भएको भन्दै सूर्यदर्शनका सहकारी पीडितले २२ माघ २०८० मा रवि, गोर्खा मिडियासहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए ।

    सरकारले छानबिन समिति बनाउन नै ढिला गरेको थियो । अहिले समितिले कारबाहीका लागि सिफारिस गरे पनि रवि र उनको पार्टीका नेता कार्यकर्ता भने प्रतिशोध साँध्न भनिरहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार