एन आई सी एशिया क्यापिटलले ५० करोड ७५ लाख भन्दा बढी रकम इकाइधनीलाई वितरण
एन आई सी एशिया क्यापिटलले ५० करोड ७५ लाख भन्दा बढी रकम इकाइधनीलाई वितरण
काठमाडौँ । एनआईसी एसिया क्यापिटल लिमिटेडले एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित सामूहिक लगानी कोष योजनाहरुबाट आर्थिक वर्ष २०८०/०८१ मा रु ५०, ७५, ०५, ८५९.६१ नगद प्रतिफल वितरण गर्न सफल भएको छ । उक्त प्रतिफल रकम एनआईसी एसिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित इकाईधनीहरुलाई मिति २०८१/०५/०९ गतेदेखि तथा बन्दमुखी योजानहरुको हकमा मिति २०८१/०६र०४ गतेदेखि उक्त प्रतिफल रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्माररकमान्तरण गर्न सुरु गरिएको क्यापिटलले जनाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा प्रतिफल वितरण गरिएका योजनाहरूको विवरण :
क्रं.सं. | योजनाको नाम | योजनाको किसिम | घोषणा गरेको प्रतिफल दर (करसहित) | जम्मा प्रतिफल रकम (रु) |
१. | एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) | बन्दमुखी | १४.००% | १७५,०००,०००.०० |
२. | एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड | बन्दमुखी | १०.५०% | १७५,०००,०००.०० |
३. | एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड | खुलामुखी | १०.००% | ७६,२२४,३५९.६१ |
४. | एन आई सी एशिया ग्रोथ फण्ड | बन्दमुखी | ९.५०% | ७९,३४४,०००.०० |
५. | एन आई सी एशिया व्यालेन्सड् फण्ड | बन्दमुखी | ९.२५% | ६९,८३७,५००.० |
जम्मा वितरण गरिएको प्रतिफल रकम (रु.) ५०७,५०५,८५९.६१
साथै विभिन्न आर्थिक वर्षहरूमा एनआईसी एसिया ग्रोथ फण्ड, एनआईसी एसिया व्यालेन्सड् फण्ड र एनआईसी एसिया डाइनामिक डेप्ट फण्डले वितरण गरिएको प्रतिफल रकम बुझिलिन बाँकी भएका इकाईधनीहरुको विवरण तथा विविध कारणवश प्रतिफल जम्मा नभएकारफिर्ता भएका इकाईधनीहरुको विवरण फिर्ता तथा जम्मा नहुनुको कारण सहित एन आई सी एसिया क्यापिटलको वेभसाईटबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
नियमित रूपमा प्रतिफल वितरण गर्न सफल खुलामुखी योजना ‘एन आई सी एसिया डाईनामिक डेप्ट फण्ड’ अ
न्तर्गत Systematic Investment Plan (SIP) तथा Systematic Withdrawal Plan (SWP) योजनाहरू समेत सञ्चालन गरिरहेको र उक्त योजनामा अनलाइन मार्फत सहज रूपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।
साथै क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा क्यापिटलको शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश अर्थात रु.१० करोड ५० लाख भन्दा बढी र सामूहिक लगानी कोष योजनाहरूको इकाईधनीहरुलाई रु.५० करोड ७५ लाख भन्दा बढी प्रतिफल गरी जम्मा रु.६१ करोड २५ लाख भन्दा बढी रकम लाभांशको रूपमा वितरण गर्न सफल भएको छ ।