images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण

बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ८ २०८१
  • बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका कारण भत्काइएको बाँसबारी–बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् । 

    images
    images
    images

    काठमाडौँ महानगरपालिका–५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साताअघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्र तत्काल अघि बढाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । 

    एक वर्षअघि नै काम थालिए पनि तीन निकायबीचको समन्वय नहुँदा ढिलाइ भएपछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक–पटक पहल थालेका थिए । सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न उनले आग्रह गरेका थिए। 

    त्यस लगत्तै सडकको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको तीन सय मिटर खण्डमा कालोपत्रको तयारी थालिएको थियो । सडकमा माटो बिच्छ्याए पनि कालोपत्र अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार