Jan 28 2025 | २०८१, माघ १५ गते

images
images

भिमाद नगरपालिका खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने

भिमाद नगरपालिका खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ८ २०८१
  • भिमाद नगरपालिका खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने

    तनहुँ । यहाँको भिमाद नगरपालिकाले कृषि उत्पादन वृद्वि गराई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने योजना अघि सारेको छ । कृषि उत्पादन वृद्वि गर्न किसानलाई प्रोत्साहनस्वरुप सम्मान एवं पुरस्कृत गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ । 

    images
    images
    images

    नगरपालिकाले चालु आर्थिक वर्षमा ‘एक वडा एक उत्कृष्ट किसान सम्मान’ गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए । उनका अनुसार कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यावसायिकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्वि गर्न लागिएको हो । 

    खेतीयोग्य जमिनमा व्यवस्थित सिँचाइ सुविधा पु-याउन नगरपालिकाले पक्की कुलो निर्माण गर्ने योजना प्राथमिकताका साथ अघि सारेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए । हाल कायम रहेका कृषि ‘पकेट’ क्षेत्रलाई विस्तार एवम् स्तरोन्नति गर्नुका साथै सम्भाव्यता र माटो परीक्षणका आधारमा माछा, ‘अर्गानिक’ तरकारी बीउ उत्पादन, दूध तथा मासु पकेट क्षेत्र विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ । 

    कृषि पेसाको महत्व तथा आवश्यकतालाई विद्यालयस्तरबाट बोध गराउन माध्यमिक तहका विद्यार्थीलाई तनहुँ प्राविधिक शिक्षालयसँग समन्वय गरी विद्यालय कृषि शिक्षा कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए । 

    नगरपालिकाका पशु सेवा शाखा तथा सेवा केन्द्रमार्फत वडास्तरमा घुम्ती सेवा प्रदान गरी पशुमा लाग्ने आन्तरिक तथा बाह्य परजीविको पहिचान गरी निःशुल्क औषधीको व्यवस्था मिलाइएको उनले बताए । दूध उत्पादन र कृषि व्यवसाय विस्तार गरी किसानको जीवनस्तरमा सुधार ल्याउन नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । 

    “दूध उत्पादन वृद्धि गरी नगरपालिकालाई दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन दुग्ध चिस्यान केन्द्रको विस्तार गर्न लागेका छौँ,” नगरप्रमुख सुवेदीले भने । उनका अनुसार नगरपालिकाभित्र पाइने रैथाने खरी जातको बाख्रा लोप हुने जोखिममा रहेकाले त्यसको संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरी स्रोतकेन्द्रको रुपमा विकास गरिने भएको छ  । 

    कृषि तथा पशुपक्षी क्षेत्रमा हुने जोखिम न्यूनीकरण गर्न कृषि तथा पशु बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरी यसको लाभ लक्षित वर्गसम्म पु-याउन पहलकदमी थालिएको नगरप्रमुख सुवेदीले बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट