images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

गोली प्रहार गरी श्रीमतीको हत्या

गोली प्रहार गरी श्रीमतीको हत्या

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १० २०८१
  • गोली प्रहार गरी श्रीमतीको हत्या

    सर्लाही । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

    images
    images
    images

    बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका छन् । उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

    वैदेशिक रोजगारीमा रहेका श्रीमानले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । 

    घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार