Sep 28 2024 | २०८१, असोज १२ गते

उखु र  दुध किसानको रकम भुक्तानीको  वाटो खूल्यो 

उखु र  दुध किसानको रकम भुक्तानीको  वाटो खूल्यो 

किसानकै खातामा  दसैं अघिनै  रकम जानुपर्नेमा कृषिमन्त्री अधिकारीको जोड

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ११ २०८१
  • उखु र  दुध किसानको रकम भुक्तानीको  वाटो खूल्यो 

    काठमाडौँ ।  सरकारले उखु र दुध किसानको  बक्यौता रकम भक्तानीको  प्रकृया अघि बढाएको  छ  । कृषि तथा पशुपन्छी विकास  मन्त्रालयले रकम भुक्तानीको लागि गरेको पहल अनुसार शुक्रवार अर्थ मन्त्रालयले उखुको लागि १ अर्व ४५ करोड ३२ लाख रुपैया  र दुधको रकम भुक्तानी लगायतका लागि ६० करोड रुपैया निकासा गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले  जनाएको छ ।

    images
    images

    यसअघि मन्त्रालयको पहलमा  मन्त्रीपरिषदको वैठकले दुध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई उक्त रकम ऋण दिने निर्णय गरेको थियो । मन्त्रालयका अनुसार  ८ जिल्लाका उखु किसानले गत वर्षको रकम भुक्तानीका लागि जिल्लाका कोष तथा लेखा नियन्त्रकको  कार्यलय मार्फत किसानकै  बैक खातामा रकम जाने व्यवस्था गरिएको छ । कञ्चनपुर ,नवलपरासी पश्चिम,सुनसरी सिराहा,सर्लाही , महोत्तरी, रौतहट र बाराका उखु किसानले अब सरकारले  उपलब्ध गराउदै आएको गत वर्षको अनुदान रकम पाउने भएका हुन् ।

    त्यस्तै लामो समय देखी  दुध विक्री गरे  वापतको  रकम पाउन नसकेका दुध किसानहरुले पनि संस्थानलाई सरकारले प्रदान गरको ऋण मार्फत रकम प्रदान गरिने दूग्ध विकास  संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले बताए  । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  मन्त्रालयको  नेतृत्व समालेपछि किसानले  पाउनुपर्ने रकम भुक्तानीको  पहल गरेका थिए ।  

    मन्त्री अधिकारीकै पहलमा सरकारले डिडिसीलाई ऋण उपलब्ध गराउने  निर्णय गरको  थियो  भने  उखु किसानको अनुदान रकम भुक्तानीलाई पनि ताकेता गरेका थिए  । मन्त्री अधिकारीले दसैं अघिनै किसानको  रकम भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गर्दे आएका थिए ।  सरकारले  प्रदान गरेको  रकम किसानकै खातामा पूग्नुपर्नेमा पनि मन्त्री अधिकारीको  जोड रहेको  छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार