images

Oct 05 2024 | २०८१, असोज १९ गते

धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून

धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १४ २०८१
  • धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ ।

    images
    images
    images

    नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अङ्कमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता शेयर ५० हजार छ सय ८० पटक खरिद बिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार नौ सय ३५ मा खुम्चिएको छ । नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो ।

    म्युचुअल फन्ड शून्य दशमलव ६० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह चार दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ८३ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव १८, विकास बैंक एक दशमलव ९३, होटल तथा पर्यटन तीन दशमलव २८, जलविद्युत् एक दशमलव २२, जीवन बीमा एक दशमलव ७८ र लघुवित्त एक दशमलव ८५ प्रतिशतले बढेको छ । 

    त्यस्तै, निर्जीवन बीमा शून्य दशमलव ७१, व्यापार एक दशमलव ५२ र अन्य समूह दुई दशमलव ३७ प्रतिशतले बढेको छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्म सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा प्रभु सेलेक्ट फन्डको शेयर मूल्य नौ दशमलव ३६ प्रतिशत छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु १७ करोड ६९ लाख ६४ हजार २७ बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने सिटिजन सुपर–३० म्युचुअल फन्डको १२ लाख एक हजार चार सय २० कित्ता शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट