images

Oct 05 2024 | २०८१, असोज १९ गते

शुरु भयो दशैँ, राखियो जमरा, शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

शुरु भयो दशैँ, राखियो जमरा, शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १७ २०८१
  • शुरु भयो दशैँ, राखियो जमरा, शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

    काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरुको महान् पर्व बडादशैँ आजबाट शुरू भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँ घरमा विधिपूपर्वक  जौ, मकैको जमरा राख्ने गरिन्छ ।

    images
    images
    images

    gorkha jamara.jpg

    आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।आजकै दिन हनुमानढोका दरबार स्क्वायरको दशैं घरमा पनि विधिवत् रुपमा जमरा राखिएको छ । 

    Untitled-1 copy.jpg

    आज सर्वसाधारणदेखि राष्ट्रपतिसम्मले जमरा राखेका हुन् । बिहान ९ः१६ बजेको शुभ साइतमा जमरा राखिएको हो । आजैदेखि देशका सबैजसो भागका शक्तिपीठहरुमा दर्शनार्थीको भीड बढेको छ ।

    Untitled-1 copy.jpg

    HRB_KTM_IMG_3147.jpg

    HRB_KTM_IMG_3123.jpg

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट