images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसकेको थियो, अदालतले पुर्जी नदिएपछि रोकियो : प्रचण्ड

रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसकेको थियो, अदालतले पुर्जी नदिएपछि रोकियो : प्रचण्ड

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २३ २०८१
  • रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसकेको थियो, अदालतले पुर्जी नदिएपछि रोकियो : प्रचण्ड

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसके पनि अदालतका कारण रोकिएको बताएका छन् ।

    images
    images
    images

    बुधबार सम्पादकसँगको भेटमा प्रचण्डले कास्की अदालतले पक्राउ गर्नुपर्ने कारण नभएको राय दिएपछि सरकार पछि हटेको आफूलाई सूचना प्राप्त भएको बताए । उनले भने, “रविजीलाई पक्राउ गर्ने भनेर सरकारले सबै तयारी गरिसकेको थियो तर, कास्की जिल्ला अदालतले त्यस्तो समस्या छैन भनेपछि रोकिएको भन्ने मैले सूचना पाएको छु ।” प्रचण्डले रवि लामिछानेको सहकारी प्रकरणमा त्यति ठूलो दोष नदेखिएको बताए । उनले आफू प्रधानमन्त्री हुँदा पनि गहिरो गरी बुझ्दा कुनै पनि निकायले रविको बदमासी छ भन्न नसकेपछि त्यहीअनुसार नै सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गरे ।

    संसदीय छानबिन समितिको प्रतिवेदनमा पनि हल्का राजनीतिक रङ्ग देखिएको उनले दाबी गरे । यद्यपि, प्रतिवेदन कार्यान्वयन गर्न आफूहरूले कुनै अवरोध नगर्ने उनको भनाइ छ ।

    प्रचण्डले बालेन शाह, रवि लामिछाने, हर्क साम्पाङहरूको उदयलाई पुराना दलको कमी-कमजोरीको अभिव्यक्तिका रूपमा लिनुपर्ने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट