दसैँपछिको पहिलो कारोबार दिनमा १४ सय रूपैयाँ बढ्यो सुनको मूल्य
दसैँपछिको पहिलो कारोबार दिनमा १४ सय रूपैयाँ बढ्यो सुनको मूल्य
नेपाली बजारमा सुनचाँदीको मूल्य मंगलबार (असोज २९) बढेर कारोबार भएको छ।
छापावाल सुन प्रतितोला एक हजार ४ सय रुपैयाँ बढेर १ लाख ६० हजार ५ सय रुपैयाँमा मंगलबार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
दसैँअघि अन्तिम कारोबार दिन (असोज २३) छापावाला सुन प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको महासंघले बताएको छ।
दसैँअघि १ हजार ९ सय रुपैयााँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।