Dec 03 2024 | २०८१, मंसिर १८ गते

images

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १ २०८१
  • वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

    पर्सा । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले  मोटरसाइकलको आयात बढेको छ ।

    images
    images
    images

    वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् । 

    चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा  वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए ।

    चालु आवको भदौ मसान्तसम्ममा रु दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए । 

    आव २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल(मोपेडसहित)को पार्टपूर्जा आयात भएका थिए । चालु आर्थिक वर्षको सोही अवधिमा रु ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरु आयात भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट