images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

चार सय ४५ व्यवसायीलाई नापतौल इजाजत

चार सय ४५ व्यवसायीलाई नापतौल इजाजत

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १ २०८१
  • चार सय ४५ व्यवसायीलाई नापतौल इजाजत

    जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष ०८०/८१मा चार सय ४५ उद्योग तथा व्यवसायीलाई व्यवसाय कारोवार गर्न नयाँ नापतौल सम्बन्धी इजाजतपत्र प्रदान गरेको छ । 

    images
    images
    images

    सो कार्यालयले दुई हजार तीन सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँचसमेत गरेको जनाएको छ । प्राप्त विवरणअनुसार तोकिएको मापदण्ड विपरीत ढक र तराजु प्रयोग गर्ने एक हजार सात सय १७ व्यापारीलाई कारबाही गरी जरिवानासमेत गरिएको कार्यालय प्रमुख मुकुन्द चौहानले बताए । 

    धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापगरी कूल पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले विभिन्न कारवाही, नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नवीकरण बापत गत आर्थिक वर्षमा रु ४० लाख ६७ हजार दुई सय ४२ राजस्व सङ्कलन गरेको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार