images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

बार अध्यक्षसँग सात दिनभित्र लिखित जवाफ माग

बार अध्यक्षसँग सात दिनभित्र लिखित जवाफ माग

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १ २०८१
  • बार अध्यक्षसँग सात दिनभित्र लिखित जवाफ माग

    काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

    images
    images
    images

    न्यायाधीशद्वय कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासले आज उक्त मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै म्याद सूचना पाएको मितिले सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटोका म्यादबाहेक सात  दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखितजवाफ पेस गर्नु ।”

    नेपाल बार एशोसिएशनका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी गोविन्दप्रसाद घिमिरले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो ।

    सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी घिमिरले अदालतको अवहेलनासम्बन्धी पेश गरेको प्रतिवेदन फिर्ता लिने घोषणा गरेका थिए । तर आज उक्त प्रतिवेदनमाथि सुनुवाइ हुँदै उक्त आदेश जारी भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार