images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सुनको मूल्यमा भारि वृद्धि, निरन्तर तेस्रो दिन नयाँ रेकर्ड

सुनको मूल्यमा भारि वृद्धि, निरन्तर तेस्रो दिन नयाँ रेकर्ड

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २ २०८१
  • सुनको मूल्यमा भारि वृद्धि, निरन्तर तेस्रो दिन नयाँ रेकर्ड

    कात्तिक । नेपाली बजारमा सुनको मूल्यले निरन्तर तेस्रो दिन नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।

    images
    images
    images

    नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो।

    बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसैगरी बुधबार सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । निरन्तर एकपछि अर्को रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज निरन्तर तेस्रो दिन नयाँ उचाई बनाएको हो ।

    त्यस्तै, यस दिन चाँदी मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार