images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

विपक्षी दलको बैठक : रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने

विपक्षी दलको बैठक : रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २ २०८१
  • विपक्षी दलको बैठक :  रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने

    काठमाडौँ । प्रतिपक्षी दलको बैठकले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ।

    images
    images
    images

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको बैठकले ठूला घोटला गर्नेहरू सरकारमै रहेकोले कारबाही त्यहीँबाट सुरु गर्नुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए।

    बैठकमा सहभागी आजपाका अध्यक्ष प्रभु साहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस विषयमा कुरा निकालेको र सरकारको क्रियाकलाप सही नभएको बताएका थिए । उनले बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा समेत सो कुरा उठाएको ब्रिफिङ गर्दै सरकारले यस्तै गरिरहे चुप लागेर नबस्ने बताएको साहको भनाइ छ ।  

    ‘सरकार राम्रो नियतबाट अघि बढेको छैन भन्ने बैठकको निष्कर्ष छ’ प्रचण्डको भनाइ उदृत गर्दै उनले भने, ‘पार्टी फुटाउने र पक्राउ (रवि लामिछानेलाई) गर्ने तयारी भएको बुझिन्छ । कसैको पार्टी फुटाउने कसैलाई समात्ने जो कामतिर सरकार अगाडि बढेको छ, त्यसविरुद्ध एकजुट हुनु जरुरी छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार