images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

ओली सरकारले ३ महिनामा कुनै आशा जगाउन सकेन : वर्षमान पुन

ओली सरकारले ३ महिनामा कुनै आशा जगाउन सकेन : वर्षमान पुन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २ २०८१
  • ओली सरकारले ३ महिनामा कुनै आशा जगाउन सकेन : वर्षमान पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले लय समात्न नसकेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    गृहजिल्ला रोल्पामा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले जनआकांक्ष र भावनाअनुसार काम गर्न नसकेको बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन कायम गर्न भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्नलाई भटाभट कारवाही गर्न थालेपछि अत्तालिएका बिचौलिया तत्त्वले कांग्रेस र एमालेलाई रातारात मिलाएको आरोप लगाए ।

    उनले भने, ‘नयाँ सरकार बनेको तीन महिनामा आशा जगाउने काम गर्न सकेको छैन । बिचौलिया तत्त्वहरूले प्रमुख दुई दललाई प्रभावमा पारेर आफ्नो स्वार्थमा सरकार बदल्ने काम गरे । सरकारले कुनै नयाँ उत्साह जगाउन सकेको छैन ।’ प्रमुख प्रतिपक्षीको हैसियतमा आफ्नो दलले राम्रो कामका लागि सहयोग र खराब काम गरे विरोध गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार