images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

संसदीय समितिलाई सभामुखको निर्देशन : आगामी अधिवेशनमा सबै विधेयक पेश गर्नू

संसदीय समितिलाई सभामुखको निर्देशन : आगामी अधिवेशनमा सबै विधेयक पेश गर्नू

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक ६ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक ६ २०८१
  • संसदीय समितिलाई सभामुखको निर्देशन : आगामी अधिवेशनमा सबै विधेयक पेश गर्नू

    काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन् ।

    images
    images
    images

    घिमिरेले मंगलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएका थिए । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर चासो राखेका थिए ।

    समिति सभापतिहरुले संसद अधिवेशन अन्त्य भएसँग बैठक बस्न नसकेको बताएका छन् । अधिकांश सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम समेत नपुगेको उनीहरुले बताएका छन् ।

    बैठक बस्दा चिया नास्ताका लागि समेत समस्या भएको समिति सभापतिहरुले बताएको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोत्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए । सभामुख घिमिरेले भने संसदको अधिवेशनमा समितिमा रहेका सबै विधेयक पेश गर्न निर्देशन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट