images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक ६ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक ६ २०८१
  • समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

    काठमाडौँ । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज काठमाडौँमा  सुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घ, जीवन बीमक सङ्घ र नेपाल माइक्रोइन्सुरेन्स एसोसिएसनद्वारा म्युनिख री फाउन्डेसन तथा माइक्रोइन्सुरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलन आयोजना भएको हो ।

    images
    images
    images

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालका अनुसार कात्तिक ९ गतेसम्म सञ्चालन हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्नेलगायत विषयमा छलफल हुनेछ ।

    यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा ‘डिजिटल’ प्रविधि अवलम्बन र समावेशी बीमा क्षेत्रका अवरोध हटाउनेसम्बन्धी रणनीति तयार गर्नेलगायत विषयमा पनि छलफल केन्द्रित हुने जानकारी उनले दिए । 

    सम्मेलनमा नेपालसहित ४४ देशका बीमा क्षेत्रका नियामक निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरु गरी चार सयभन्दा बढीको सहभागिता छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट