images

Oct 24 2024 | २०८१, कात्तिक ८ गते

फेरि ८०० रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ६६ हजार ७००

फेरि ८०० रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ६६ हजार ७००

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक ७ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक ७ २०८१
  • फेरि ८०० रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ६६ हजार ७००

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । 

    images
    images
    images

    यससँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

    यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।  यस्तै बुधबार छापावाल सुन प्रति १० ग्राम १ लाख ४२ हजार ९२० रुपैयाँ कायम भएको छ । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट