images

Oct 24 2024 | २०८१, कात्तिक ८ गते

रास्वपालाई विश्वप्रकाशको सुझाव– ‘सडकबाट विलाप नगरौँ’

रास्वपालाई विश्वप्रकाशको सुझाव– ‘सडकबाट विलाप नगरौँ’

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक ७ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक ७ २०८१
  • रास्वपालाई विश्वप्रकाशको सुझाव– ‘सडकबाट विलाप नगरौँ’

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल एक्समार्फत महामन्त्री शर्माले अदालतको फैसला कुर्न र अनुसन्धानमा सघाउन आग्रह गर्दै सडक विलापको जगहँसाइ नगर्न सुझाव दिएका छन् । उनले रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदनले प्रचलित कानुन बमोजिम कारवाही गर्नु भन्ने सिफारिस गरेको उल्लेख गर्दै प्रक्रिया सुरु भएपछि ‘राजनैतिक प्रतिशोध’ भन्नु संसदीय समिति र संसदकै अपमान भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जगहँसाइ नगरौँ । उनले दोषीलाई कारवाही र बचतकर्ताको रकम फिर्ता अहिलेको राष्ट्रिय आवश्यकता रहेको उल्लेख गरेका छन् । उनले न्यायालय अगाडिको प्रदर्शन न्यायालय प्रभावित गर्ने प्रयास वैकल्पिक राजनीति कि विधि उपर समेतको ठगी भन्दै प्रश्न गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट