Jan 03 2025 | २०८१, पुस १९ गते

images
images

सुनको मूल्यले फेरी तोड्यो रेकर्ड,तोलामा एक लाख ६७ हजार ४००

सुनको मूल्यले फेरी तोड्यो रेकर्ड,तोलामा एक लाख ६७ हजार ४००

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ११ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ११ २०८१
  • सुनको मूल्यले फेरी तोड्यो रेकर्ड,तोलामा एक लाख ६७ हजार ४००

    काठमाडौँ । आइतबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । लगातार सात दिनसम्म दिनदिनै नयाँ रेकर्ड बनाउँदै बढेको सुनको मूल्य बिहीबार सामान्य घटेको थियो भने शुक्रबार स्थिर रहेको थियो । आइतबार पुनः एकैदिन एक हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

    images
    images
    images

    शुक्रबार प्रतितोला एक लाख ६६ हजार रुपैयाँले कारोबार भएको सुनको मूल्य आज तोलामा एक लाख ६७ हजार ४०० पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

    यसदिन चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार शुक्रबार तोलामा दुई हजार ९५ रुपैयाँले कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार