Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

माओवादीलाई ओलीको जवाफ - कसरी हतियार बिसाउन लगाउने हामीलाई थाहा छ

माओवादीलाई ओलीको जवाफ - कसरी हतियार बिसाउन लगाउने हामीलाई थाहा छ

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ११ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ११ २०८१
  • माओवादीलाई ओलीको जवाफ - कसरी हतियार बिसाउन लगाउने हामीलाई थाहा छ

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई नधम्क्याउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। आइतबार काठमाडौँमा गैर गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नागरिकलाई धम्क्याएर पुनः सत्ता प्राप्ति गर्छु भन्ने नठान्न चेतावनी दिएका हुन्। 

    images
    images
    images

    शनिबार काठमाडौँमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा प्रचण्डले आफूहरुले हतियार चलाउन नबिर्सिएको र बिसाएको मात्रै भन्ने शब्दहरू प्रयोग गर्दै भाषण गरेको भन्दै हतियार कसरी बिसाउन लगाउने भन्ने कुराको राम्रो ज्ञान आफूलाई रहेको बताए।  ‘हिजो एक जन उफ्रिउफ्रिकन भाषण गर्दै थिए। हिजो मात्रै हो। हतियार बिसाएको मात्रै हो।

    भ्रम नरहोस्। चलाउन बिर्सिएको छैन। त्यस्तै त्यस्तै त हामी हुनु भएन नि। धम्क्याएका भरमा खाने, म त्यसलाई फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ तरिका थाहा छ पनि नभनौँ। हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छ हामीले। कसरी बिसाउने भनेर,’ ओलीले भने।  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट