तत्काल सरकार ढाल्ने पक्षमा छैनौं : अध्यक्ष प्रचण्ड
तत्काल सरकार ढाल्ने पक्षमा छैनौं : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तत्काल सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन्।
मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारको सय दिनमा असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले अहिले नै वर्तमान सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनशाय नरहेको बताए ।
उनले भने, ‘‘यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनशाय छैन । किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ ।’’
अध्यक्ष प्रचण्डले राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील बन्न सरकारलाई सुझाव दिँदै जनताको पक्षमा सकारात्मक काम गर्न आग्रह गरे ।