images

Nov 08 2024 | २०८१, कात्तिक २३ गते

images

नेप्से परिसूचकमा झिनो गिरावट

नेप्से परिसूचकमा झिनो गिरावट

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २० २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २० २०८१
  • नेप्से परिसूचकमा झिनो गिरावट

    काठमाडौँ । दीपावलीको सार्वजनिक बिदापछि आज खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ ।

    images
    images
    images

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७७ दशमलव ४० मा सीमित भएको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अङ्कले ओरालो लागेर चार सय ७७ दशमलव ९९ मा सीमित भएको छ ।

    कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लाग्दा छ उपसमूहको भने ओरालो लागेको छ । कूल ९७ लाख १३ हजार सात सय ३० कित्ता शेयर रु चार अर्ब २० करोड ५५ लाख पाँच हजार दुई सय ३७ मा कारोबार भएको छ ।

    नेप्सेका अनुसार, सुपर माई हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त नौ दशमलव ९५, युनाइटेड मोदी हाइड्रोपावर नौ दशमलव ५१, गुराँस लघुवित्त नौ दशमलव ३२ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ७५ प्रतिशतले कमाएका छन् ।

    त्यसैगरी, मिड सोलु हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर आठ दशमलव ९४, सामलिङ पावर कम्पनी छ दशमलव ४९, एक्सेल डेभलपमेन्ट बैङ्क पाँच दशमलव ९७ र एनआइसी एसिया फ्लेक्सी फन्डका लगानीकर्ताले पाँच दशमलव ९१ प्रतिशतले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट