रास्वपा लक्षित देउवाको टिप्पणी : हाम्रा साथीलाई मुद्दा लाग्दा त होहल्ला गरेनौं
रास्वपा लक्षित देउवाको टिप्पणी : हाम्रा साथीलाई मुद्दा लाग्दा त होहल्ला गरेनौं
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै धेरै हल्ला नगर्न आग्रह गरेका छन्। धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेसका नेतालाई मुद्दा लाग्दा आफूहरूले कहिल्यै हल्ला नगरेको बताएका हुन्।
सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले देशव्यापी प्रदर्शन गरिरहेको छ। देउवालाई रास्वपाको प्रदर्शनलाई लक्षित गरी अदालती विषयमा हल्ला गर्न नहुने पनि बताए।
‘हाम्रा साथीहरूलाई मुद्दा चलाइयो,’ उनले भने, ‘कहिल्यै हो-हल्ला गरेनौँ, यो अदालती प्रक्रियामा छ।’ त्यस्तै उनले कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन सरकार सञ्चालनमा कुनै समस्या नरहेको र यो गठबन्धन २०८४ सम्म नै निरन्तर रहने पनि दाबी गरे।