Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै  कृषि मन्त्रालय

बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै  कृषि मन्त्रालय

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ६ २०८१
  • बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै  कृषि मन्त्रालय

    काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ ।

    images
    images
    images

    गत असोजको बाढीपहिरोले  देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए । 

    वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ ।  

    सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ । बाढीबाट रु छ अर्बको क्षति भएको मन्त्रालयको अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार